बैंकमा निक्षेप बढेको बढ्यौ, कर्जा प्रवाह सुस्त



काठमाडौं । पछिल्लो तीन सातामा बैंकिङ प्रणालीमा ५७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो अवधीमा कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले घटेको छ ।

नेपाल बैकर्स संघका अनुसार बैंकहरुसँग जेठ ३० गतेसम्म ३१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । ऋण भने २७ खर्ब १५ अर्ब रुपैयाँ रहेको थियो ।

असार १९ गतेसम्ममा बैंकमा ३२ खर्ब रुपैयाँ निक्षेप पुगेको छ भने कर्जा २७ खर्ब १३ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

असारका तेस्रो सातासँगै बैंकमा कर्जाको माग केही बढेको देखिएको छ ।

असारको तेस्रो सातामात्र ४ अर्ब रुपैयाँले कर्जाको माग बढेको छ ।


क्लिकमान्डु