पर्यटन मन्त्री र अष्ट्रेलियन राजदूतबीच भेट, दुई देशबीच हवाई उडानका विषयमा छलफल

क्लिकमान्डु २०७७ असार २२ गते १४:१७ मा प्रकाशित

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि अष्टे«लियाका राजदुत पिटर वडबीच सोमवार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराईले दुई देश बीचको ब्यवसायिक हवाई सञ्चालनको लागि राजदुतसँग आग्रह गरेका थिए ।

मन्त्री भट्टराई र राजदूत वडवीच विश्व महामारीको रुप लिइरहेको कोभिड -१९ ले पारेको असर र यो महामारी न्यूनिकरणका लागि गरिएका कामहरुको अनुभव आदानप्रदान पनि भएको थियो ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गरेका थिए ।

त्यस्तै, राजदूत वडले ब्यवसायिक उडानका लागि आफ्नो देशको सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउँदै अष्ट्रेलियन नागरिकहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स