बीमा शुल्क बुझाउदा छुट पाउने समय सकियो, अब जरिवाना लाग्ने



काठमाडौं । मंगलबारदेखि जीवन बीमाको प्रिमियम बुझाउने बिमीतले छुट नपाउने भएका छन् ।

यस अघि बीमा समितिले लकडाउनको अवधिमा जीवन बीमाको नविकरण शुल्क बुझाउन म्याद थप गरेर ब्याज नलिन निर्देशन दिएको थियो । त्यो म्यादको समय सोमबार (२२) गते सकिएको छ ।

समितिले लकडाउनको कारण देखाउँदै २२ गतेसम्म प्रिमियम बुझाउँदा थप ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

यसअघि समितिले एक परिपत्र जारी गर्दै ‘जेठ ३२ गते जारी भएको परिपत्र न. ३० मा उल्लेख भए अनुसार जीवन बीमा प्रिमियम बापतको रकम संकलन गर्ने अवधि २०७७ असार २२ गतेसम्म थप गरी ब्याज नलाग्ने व्यवस्था गर्न गराउन निर्देशन गरिन्छ ।’

उक्त निर्देशनले जीवन बीमा वापतको प्रिमियम असार २२ गतेसम्म बुझाउन मिल्ने व्यवस्था थियो । त्यो अवधि आवको मितिदेखि सकिएको छ ।
बीमा समितिले सबै बीमा कम्पनीलाई अनिवार्य नै छुट दिन गरेको परिपत्रको समय सकिएपनि बीमा कम्पनीहरुले आफ्नो तरिकाले असार मसान्तसम्ममा छुट दिएका छन् ।


क्लिकमान्डु