आइतबार २९३ जना थपिए नयाँ काेराेना संक्रमित, कुल संख्या १५ हजार ७८४ पुग्यो



काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ६ हजार ५७४  जना पुगेको छ । जसमा पछिल्लो २४ घण्टामा मात्रै १३२ जना उपचारपछि निको भएका छन् । उपचारपछि ४१.५ प्रतिशत हालसम्म निको भएका छन् ।

हाल आइसोलेसनमा ९ हजार २०३ कोरोना संक्रमित छन् भने क्वारेन्टिनमा ३१ हजार ५७३ जना छन् । हालसम्म ३४ जनाको मृत्यु भएको छ ।


क्लिकमान्डु