हिमालय एयरलाइन्सले ७ गन्तव्य उडान गर्ने, भाडा कति ?



काठमाडौं । हिमालय एयरलाइन्सले उद्दारका लागि विभिन्न ७ वटा गन्तव्यको उडान तालिका सर्वजनिक गरेको छ ।

बिहीबारदेखि ७ माल्दिभ्सको माले र युएईको आबुधावीमा पनि उडान भरिसकेको छ ।

साथै आबुधाबीमा जुलाई ३, ४, ६, ८ र १० तारिख पनि उद्दार उडान गर्नेछ । मालेका लागि ४८० डलर भाडा कायम गरेको हिमालय एयरलाइन्सले आबुधाबीका लागि ३८५ डलर भाडा कायम गरेको छ ।

त्यसैगरी साउदी अरेबियाको दमामा जुलाई ३, ६, ९ र १० तारिखमा गर्नेछ । यसका लागि ४६५ डलर भाडा कायम गरिएको छ ।

एयरलाइन्सले कुवेतमा जुलाई ३, ५ र ९ तारिखमा उडान गर्नेछ । जसका लागि ४१० डलर भाडा निर्धारण गरेको छ । त्यसैगरी दोहा कतारमा जुलाई ४ र ७ मा उडान गर्नेछ भने यसका लागि भाडा ३९२ डलर कायम गरेको छ ।

एयरलाइन्सले क्वालालम्पुर मलेसियामा जुलाई ५ र ७ मा उडान गर्नेछ । यसका लागि ३७२ डलर भाडा तोकेको छ भने चीनको टियानजिनमा जुलाई ८ तारिख उडान गर्नेछ भने भाडा भने तोकिएको छैन ।


क्लिकमान्डु