कसलाई कस्तो राहत चाहिएको छ, हेरेर मौद्रिक नीतिले दिन्छः गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कसलाई कस्तो राहत चाहिएको छ त्यो मौद्रिक नीतिले दिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र बैंक तथा वित्तय संस्था परिसंघ नेपालको संयूक्त आयोजनामा आगामी मौद्रिक नीतिको बारेमा आयोजित पूर्व छलफल कार्यक्रम यस्तो बताएका हुन ।

गभर्नर अधिकारीले कस्तो कर्जालाई रि–सेडुल गर्ने, कस्तो कर्जालाई रि–स्टक्चर गर्न आवश्यक छ, कस्तोलाई छैन, कस्तोलाई पुर्नतालिकीरण गर्न अवाश्यक छ कस्तोलाई छैन भन्ने विषयमा छलफल जारी रहेको र मौद्रिक नीतिले त्यसलाई हेर्ने बताए ।

उनले बैंकको प्रोभिजनिङ के हुने, क्रेडिटको क्वालिटीको ग्रेडिङ कसरी गर्ने भन्नेमा गहन रुपमा छलफल जारी रहेको बताए ।

ऋण लिएका उद्यमी व्यवसायीहरु जसले ऋण तिर्ने बेला आइसकेको र त्यसको लागि दिएको समयले पनि नपुग्ने भएकोले त्यसमा कसरी अघि बढने भन्ने विषयमा छलफल भएको जानकारी गराए ।

समस्यामा परेको उद्योगी व्यवसायीलाई सहयोग नै गरेर जाने राष्ट्र बैंकको तयार रहेको जानकारी गराए ।

कार्यक्रममा उनले अब सबै गाउँपालिकाहरुमा पुनर्कर्जा सुविधा पुर्याउने बताए । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको सबै जिल्लामा ५५ सय शाखा रहेको र एक शाखाले ५ वटा ऋण दिएमा २७ हजारले पुनर्कर्जा पाउने बताए । यो एक वर्ष भित्रमा नै पुग्ने दाबी गरे । यो साना भन्दा साना उयमीले पनि पाउने बताए ।

उनले अहिले सिसिडि रेसियो अहिले घटेको जानकारी गराए । आर्थिक पुनरुत्थानमा जानको लागि कम्परमाइज गरेर जाने तयारीमा रहेको उल्लेख गरे ।

बजारमा तरलता आवश्यक पर्ने र २ खर्ब भन्दा बढीको तरलाको बाताबरण बनेको जानकारी गराए । राष्ट्र बैंक पनि यसमा तयार रहेर बसेको उनकाे भनाइ छ ।

मौद्रिक नीतिले हेर्न सक्ने सबै बिषय हेर्ने उल्लेख गरे भन्दै बैंक तथा वित्तीय संस्थामा परेको असरको विषयमा पनि हेरिरहेको उल्लेख गरे । उनले रि स्टक्चर, रि डिउसमा राष्ट्र बैंक लाग्ने बताए ।


क्लिकमान्डु