नेपाल पुनर्बीमा कम्पनीको कामू अध्यक्षमा सुवेदी

क्लिकमान्डु २०७७ असार १८ गते १४:४५ मा प्रकाशित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको कामकाजी अध्यक्षमा पुरुषेत्तम सुवेदी नियुक्त भएका छन् ।

निवर्तमान अध्यक्ष महेश कुमार गुरागार्ईको कार्यकाल असार १४ गते  सकिएपछि अर्को व्यवस्था नभएसम्मको लागि सुवेदीलाई कामकाजी अध्यक्षको रुपमा नियुक्त गरिएको छ ।

मन्त्री स्तरिय निर्णय अनुसार सुवेदीलाई कामु अध्यक्षमा नियुक्त गरिएको हो ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स