अजोड इन्स्योरेन्सको आइपीओ असार २५ गतेदेखि खुल्ने



काठमाडौं । नयाँ बीमा कम्पनीमा सर्वसाधारणलाई सेयर जारी गर्नेमा अजोड इन्स्योरेन्स पहिलो हुने भएको छ ।

निर्जीवन बीमा कम्पनी अजोडले सर्वसाधारणको लागि असार २५ देखि प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ निकाल्ने भएको छ ।
आइपीओको निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

३० लाख कित्ता आइपीओमा कर्मचारीको लागि १ लाख २० हजार कित्ता कर्मचारीको लागि आरक्षण गरिएको छ भने सामुहिक लगानी कोषको लागि १ लाख ५० हजार कित्ता आइपीओ आरक्षण हुन्छ । यसरी सर्वसाधारणको लागि २७ लाख ३० हजार कित्ता सेयर सार्वजनिक निष्कासन हुने छ ।

कम्पनीमा सबैभन्दा बढी सेयर भाटभटेनी समुह र उनको परिवारको २१.९९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

१ अर्ब चुक्ता पूँजी रहेको अजोड इन्स्योरेन्सले ३० प्रतिशत सेयर सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो ।


क्लिकमान्डु