जीवन बीमाको प्रिमियम तिर्ने म्याद थप, ब्याज लिन नपाइने



काठमाडौं । बीमा समितिले जीवन बीमाको प्रिमियम बुझाउने म्याद थप गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ । यसअघि लकडाउनको कारण असार १५ गतेसम्म प्रिमियम बुझाउने म्याद थप गरेकोमा पुनः समितिले एक साता म्याद थप गरेको हो ।

समितिले लकडाउन खुकुलो भएपनि आर्थिक गतिविधि र सार्वजनिक जनजीवन सहज नभएको भन्दै प्रिमियम बुझाउने म्याद थप गरेको हो ।

समितिले एक परिपत्र जारी गर्दै ‘जेठ ३२ गते जारी गभएको परिपत्र न. ३० मा उल्लेखित जीवन बीमा प्रिमियम बापतको रकम संकलन गर्ने अवधि २०७७ असार २२ गतेसम्म थप गरी ब्याज नलाग्ने व्यवस्था गर्न गराउन निर्देशन गरिन्छ ।’

यससँगै अब जीवन बीमा वापतको प्रिमियम असार २२ गतेसम्म बुझाउन मिल्ने व्यवस्था भएको छ । साथै कम्पनीहरुले प्रिमियममा ब्याज समेत लिन पाउने छैनन् ।


क्लिकमान्डु