निर्जीवन बीमा कम्पनीले ११ महिनामा २२ अर्ब ३७ करोड बढी बीमाशुल्क आर्जन गरे
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।
सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्म अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ तथा अन्य विविध बीमाबाट सो बीमा शुल्क आर्जन गरेका हुन् ।
बीमा समितिबाट उपलब्ध तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १९ वटा कम्पनीले २२ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेका हुन् ।
समितिले उपलब्ध गराएको तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको सो अवधिको प्रिमियम संकलनको विवरण समावेश गरिएको छैन् ।
चालु आवको जेठ मसान्तसम्म १ वटा निर्जीवन बीमा कम्पनीले २ अर्ब बढी र ९ वटा कम्पनीले १ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । साथै ७ वटा कम्पनीले ५० करोड रुपैयाँ बढी र २ कम्पनीले ५० करोड रुपैयाँभन्दा कम बीमा शुल्क संकलन गरेका छन् ।
सो अवधिमा शिखर इन्स्योरेन्सले २ अर्ब बढी बीमा शुल्क संकलन गरेको छ भने १ अर्ब बढी शुल्क संकलन गर्नेमा सगरमाथा, नेको, सिद्धार्थ, एनएलजी, प्रिमियर, प्रभु, आइएमइ जनरल, हिमालयन र लुम्बिनी जनरल इन्स्योरेन्स छन् ।
साथै जेठ मसान्तसम्ममा ५० करोड रुपैयाँभन्दा थोरै प्रिमियम संकलन गर्ने जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स हुन् । जेठ मसान्तसम्म सबैभन्दा बढी शिखर इन्स्योरेन्सले प्रिमियम संकलन गरेको छ । कम्पनीले सो अवधिमा २ अर्ब ८७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको हो ।
यस्तै समितिद्वारा उपलब्ध तथ्यांकअनुसार समीक्षा अवधिमा सबैभन्दा थोरै प्रिमियम संकलन सानिमा जनलर इन्स्योरेन्सको छ । कम्पनीले सो अवधिमा २७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको हो ।
समितिबाट प्राप्त विवरणअनुसार ११ महिनामा बीमा शुल्क आर्जनमा दोस्रो नम्बरमा भने सगरमाथा इन्स्योरेन्स छ । कम्पनीले जेठ मसान्तसम्ममा १ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
त्यस्तै जेठ मसान्तसम्ममा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीको सुचीमा तेस्रो स्थानमा नेको इन्स्योरेन्स छ । कम्पनीले ११ महिनामा १ अर्ब ८५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, भने चौथो स्थानको सिद्धार्थ इन्स्योरेन्स १ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यसैगरी जेठ मसान्तसम्म अर्ब बढी बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीको सुचीमा एनएलजी १ अर्ब ५१ करोड रुपैयाँ, प्रिमियर १ अर्ब ४५ करोड रुपैयाँ, प्रभु १ अर्ब २६ करोड रुपैयाँ, आइएमइ जनरल १ अर्ब १८ करोड रुपैयाँ, हिमालयन जनरल १ अर्ब १५ करोड रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरी अर्ब बढी शुल्क आर्जन गर्ने कम्पनीमा सुचीकृत भएका छन् ।
बीमा समितिको तथ्यांकअनुसार चालु आवको ११ महिनासम्म १ अर्ब रुपैयाँभन्दा कम र ५० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गर्ने निर्जीवन बीमा कम्पनीहरुमा नेपाल, पुण्डेन्सियल, दि ओरेन्टीयल, एभरेष्ट, अजोड, नेशनल र युनाइटेड इन्स्योरेन्स रहेका छन् ।
यस्तै, चालु आवको जेठ मसान्तमा ५० करोड रुपैयाँभन्दा कम बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीहरुमा जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स रहेका छन् ।
कुन निर्जीवन बीमा कम्पनीको बीमा शुल्क कति ?