किसानको गुनासोः नेपालमा कृषि मन्त्री धेरै फेरिए,कृषि क्षेत्र फेरिएन



काठमाडौं । किसान कृष्णराज सुवालले नेपालमा कृषि मन्त्री धेरै फेरिए पनि कृषि क्षेत्र फेरिन नसकेको बताएका छन् ।

एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले राष्ट्रिय धान दिवस २०७७ को अवसरमा ‘कोरोनाका कारण कृषिमा सम्भावना र चुनौतिहरु’ विषय अन्तकृया कार्यक्रममा सुवालले यस्तो बताएका हुन् ।

उनले आफ्नो उत्पादन बजारसम्म पुरयाउन नसकेकै कारण उत्पादनको उचित मूल्य पाउन नसकेको भन्दै बजारीकरणका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने बताएका छन् ।

पछिल्लो समय ३ लाख लगानी गरेर ७ लाख कमाउने लक्ष्यका साथ आफूले कृषि व्यवसाय अगाडि बढाएको भएपनि कोरोनाका कारण उल्टै २ लाख रुपैयाँ ऋण लागेको गुनासो गरे । किसानले मल बीउको नपाएको भन्दै बीउमा परनिर्भर हुुनुपर्ने अवस्थाको अन्त्य नगरेसम्म कृषिमा आत्मनिर्भर हुन नसक्ने बताए ।

सुवावले आफै बीउ उत्पादन र रैथाले बीउको संरक्षण गर्नुपर्न सुझाव दिए । कृषि अनुदानको दूरुपयोग भएको गोलभेडाको टनेलमा कालो प्लास्टिक राखेर अनुदान पचाउने प्रवृति बढेको प्रति दुखेसो पोखे ।

कृषि प्राविधिक किसानको खेतसम्म नपुग्ने लगायतका समस्याका कारण किसानमा निरासा बढ्दै गएको उनको भनाइ छ । सुवालले खाद्यन्नमा आत्मनिर्भरताका लागि उत्पादनमा विविधिकरण गरी खानेवानीमा समेत परिवर्तन गरिनुपर्ने बताए । उनले वढी मूनाफाका लागि औद्योगिक वालीको खेतीमा लाग्नुपर्ने सुझाव दिए ।


क्लिकमान्डु