आईपीओ निकाल्न यी दुई कम्पनीले पाए बोर्डबाट अनुमति
काठमाडौं । धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सलाई साधारण सेयर ( आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।
बोर्डबाट अनुमति पाएसँगै अजोड इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँको दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।
अजोडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।
यस्तै साधना लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ जारी गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डबाट अनुमति पाएसँगै साधानाले ७ करोड ७ लाख ८० हजार रुपैयाँको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।
यसको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । साधनाले इक्रा नेपालबाट ग्रेड ४ रेटिङ पाएको छ ।