जुम मिटिङमा पर्यटनमन्त्री बोल्दाबोल्दै पोर्न भिडियो बजेपछि…



काठमाडौं । सोमबार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्र सूचारु गर्नका लागि तयार पारेको प्रोटोकल सार्वजनिक कार्यक्रम थियो ।

कोरोना महामारीका कारण मिटिङ जुम एपमा गरिएका थियो । १ बजेदेखि शुरु भएको मिटिङमा वक्ताहरुले आफ्नो भनाइ राख्दै थिए । करिब २ बजेतिर पर्यटनमन्त्री योगेश भट्टराई बोल्नेपालो आयो ।

पर्यटनमन्त्री बोल्दा बोल्दै जुम मिटिङमा पोर्न बजेपछि उठेको प्रश्न, जुम कति सुरक्षित छ ?

पर्यटनमन्त्री त्यस्तै २ मिनेट जति बोलेपछि एक्कासी जुममा पोर्न बज्न थाल्यो । अनेकन म्यूजिकसँगै पोर्नका साइट भटाभट खुल्न थाले । लगत्तै जुमको च्याट बक्समा नरेन्द्र मोदी र योगेन्द्र अम्बानीका नाममा अश्लिल म्यासेजहरु आउन थाले ।

मिटिङमा देशभरीका पर्यटनमन्त्रीसँगै पर्यटन व्यवसायी, बोर्डका पदाधिकारी तथा पत्रकार गरी २ सयभन्दा बढी सहभागी थिए ।

यसअघि वर्तमान सरकारका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बासकोटाले इन्टरनेटमा पोर्न साइटहरु नखुल्ने बनाएका थिए ।


क्लिकमान्डु