पर्यटनमन्त्री बोल्दा बोल्दै जुम मिटिङमा पोर्न बजेपछि उठेको प्रश्न, जुम कति सुरक्षित छ ?



काठमाडौं । सोमबार दिउँसो नेपाल पर्यटन बोर्डले आयोजना गरेको जुम मिटिङमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा पोर्न भिडियो बज्यो । ह्याकरले ह्याक गरी पोर्न भिडियो बजाएपछि जुम एपमार्फत हुने मिटिङ कति सुरक्षित भन्ने प्रश्न उठाएको छ ।

कोरोना भाइरसको महामारीले निम्त्याएको लकडाउनका कारण मानिसहरु घरमै बस्न बाध्य हुँदा जुम एपको प्रयोगसँगै लोकप्रियता पनि बढेको थियो । नेपालमा मात्रै होइन, लकडाउनका कारण घरमै बस्न बाध्य भएका मानिसका लागि जुम एप मिटिङका लागि सजिलो माध्यम बनेको थियो ।

एकैपटक सयौं जना सहभागी हुन सक्ने र सहज माध्यम भएकाले धेरैले मोबाइलमा जुन एप लाडउनलोड गरेका थिए । तर यतिबेला नेपालमा मात्रै नभए कैयन देशमा जुमको गोपनियता र सुरक्षालाई लिएर प्रश्न उठेका छन् ।

जसरी यो एपको प्रयोग बढ्यो उसैगरी यसको सुरक्षालाई लिएर प्रश्नहरु पनि उठ्न थाले । अर्थात तपाईले जुम एप प्रयोग गर्दा मोबाइल, ल्यापटप, कम्प्युटर तथा आइप्याडको डाटा अरु सकैको हातमा जान सक्ने देखियो । यदी त्यस्तो हो भने यो निकै खतरनाक अवस्था हो ।

जुम मिटिङमा पर्यटनमन्त्री बोल्दाबोल्दै पोर्न भिडियो बजेपछि…

छिमेकी मुलुक भारतको साइबर सेक्युरिटी ‘कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम अफ इन्डिया’ एजेन्सीसँग जुमबारे उजुरी परेपछि एजेन्सीले जुम प्रयोग गर्ने भारतीय नागरिकलाई चेतावनी दिँदै प्रयोग गर्दा सचेत हुन आग्रह गर्यो ।

यदी सावधानी नअपनाउने हो भने साइबर आक्रमणको जोखिम बढ्न सक्ने चेतावनी समेत दियो । साथै प्रयोगकर्ताको सेन्सेटिभ सूचना पनि लिक भएर साइबर अपराधिसमक्ष पुग्न सक्ने बतायो ।

अमेरिकी वेवसाइट सीनेटका अनुसार क्यार्लिफोनियमा यो एपका विरुद्ध उजुरी दर्ता भइसकेको छ । जसका लागि ३ वटा कुरालाई आधार बनाइएको थियो । जसमा यो एपले फेसबुकसँग डाटा सेयर गरिरहेको छ, दोस्रो यो एपले एन टु एन सूचना दिँदैन र तेस्रो यो जुमका माध्यमबाट सजिलैसँग प्रयोगकर्ताको वेवक्याम्प एक्सेस गर्न सकिन्छ ।

सीनेट मात्रै नभइ जुमको एप प्रयोगलाई लिएर वासिङटन पोस्टले समेत अध्ययन गरेको थियो । उनीहरुले अनुसन्धानमा हजारौं मानिसहरुको पर्सनल जुम भिडियो इन्टरनेटमा निशुल्क रुपमा उपलब्ध छन् ।

अर्थात् तपाईले जुमका माध्यमबाट गरेका हरेक कुराकानी ती सबै इन्टरनेटमा तेस्रो अन्य व्यक्तिलाई भइरहेको छ । यी भिडियोमा भएका ५ जना मानिसलाई पत्ता लगाएर कुरा गर्दा कसैलाई यसबारेमा जानकारी थिएन ।

सेक्युरिटी एक्सपर्ट ब्रायन क्रपका अनुसार यस्ता कैयन टुल छन् जसले इन्टरनेटमा १ घण्टामा सयौं जुम मिटिङ इन्टरनेटमा उपलब्ध गराउन सकिन्छ ।

जुममा देखिएको यही असुक्षालाई ध्यानमा दिँदै गुगल र एलन मस्कको स्पेस एक्सले पनि जुम एप प्रयोगमा अस्वीकार गरिसकेको छ । त्यति मात्रै होइन, जर्मनको विदेश मन्त्रालयले जुम एपमा प्रतिबन्ध लगाइसकेको छ ।

यी सबै रिपोर्टपछि जुम एप बनाउने कम्पनीका सीइओ एरिक क्युआनले वाल स्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा माफी माग्दै ९० दिनभित्र अर्थात् ३ महिनाभित्रमा कम्पनीले प्रयोगकर्ताको विश्वास कायम राख्नका लागि हर सम्भव काम गर्दै यससँग जोडिएका सबै सेक्युरिटी इस्यु समाधान गर्नेछ ।

जुम एपका संस्थापक एरिक चिनियाँ–अमेरिकी नागरिक हुन् । लकडाउनको अवधिमा जुमको लोकप्रियता कति बढ्यो भन्ने जान्नका लागि पछिल्लो ३ महिनामा उनको सम्पत्ति ११२ प्रतिशतले बढेर साढे ७ बिलियन डलर पुगेको छ ।

३ महिनाभित्र मात्रै ब्लुमबर्गसको अर्बपतिको सूचीमा उनी १९२ नम्बरमा आइपुगेका छन् । डिसेम्बर २०१९ मा एपको प्रयोगकर्ताको संख्या १ करोड थिए भने मार्च २०२० सम्म आइपुग्दा प्रयोगकर्ताको संख्या बढेर २० करोड पुगेको छ ।


पुष्प दुलाल