हुण्डाईका गाडी किन्दा विशेष छुट



काठमाडौं । नेपालको लागि हुण्डाई मोर्टसको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. (लक्ष्मी हुण्डाई) ले हाल कोविड (१९ को बदलिँदो परिस्थितीलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि सानो प्रयास स्वरुप एक विशेष प्याकेज ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाईदाहरु प्राप्त गर्न सक्नेछन् ।

हाल कोविड(१९ ले ल्याएको चुनौतीहरुसँग सामना गरी अघी बद्न हिम्मत र हौसला प्रदान गर्नको लागि लक्ष्मी हुण्डाईले एक सानो प्रयास स्वरुप विशेष प्याकेजको सुरुवात गरेको छ ।

ग्राहकहरुका लागि यस विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५० प्रतिशतको साथ दिनेछ । यस्का साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निस्शुल्क बीमा, निःशुल्क सडक कर (आ.व.७७र७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाईदा लिन सक्नेछन् ।

यस बिशम् परिस्थितीमा कोरोना भाईरस बिरुद्ध तत्पर रही लडी रहनु भएका स्वास्थ्यकर्मीहरुका लागि पनि लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएका छन् । यस सँगै ४ वर्ष को निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ ।

लक्ष्मी हुण्डाईले यस बिशम् परिस्थितीमा आफ्नो ग्राहकहरुको मनोबल बढाउनुको साथै, आफ्नो कम्पनीको मानवताको प्रगतिको प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाएको छ । यस कम्पनीे उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका लागि सँधै प्रतिबद्ध रहेको छ ।


पुष्प दुलाल