डाट्सन गो र रेडी गो खरिदमा ६ महिना अवधि सम्म इएमआई तथा व्याज नलाग्ने



काठमाडौं, आषाढ १ । कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्ता आक्रान्त रहेको छ । नेपाली उपभोक्ताको समस्या तथा सीमिततालाई मध्यनजर गर्दै अझ सहज सुविधा सहित नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले “बाइ नाउ पे इन २०२१” योजना प्रस्तुत गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले गाडी किनिसके पछि ६ महिना अवधि सम्म कुनै पनि इएमआई तथा व्याज तिर्नुपर्नेछैन । उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनिले बेहोर्ने छ । साथमा आकर्षक नगद छुट उपलब्ध रहनेछ ।

डाट्सन रेडी गो ०.८ लि र १।० लि तथा डाट्सन गो शक्तिशाली १.२ लि इन्जिनका साथ बजारमा उपलब्ध छन् ।

गाडीको खरिदमा गाडीका विभिन्न एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुबिधा, १ वर्षसम्मको सडक कर यो योजना अन्तर्गत उपलब्ध रहनेछ ।

यो अफर स्टकको उपलब्धता सम्म रहनेछ । यसमा केही सर्तहरु लागु हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु