अर्थमन्त्रीको दाबीः कृषकले प्रयोग गर्ने रासायनिक मलको भन्सार बढेको छैन
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कृषकले प्रयोग गर्ने रासायनिक मलको भन्सार नबढेको दाबी गरेका छन् ।
राष्ट्रिय सभाको बैठकमा यस्तो बताएका हुन् । उनले औद्योगिक प्रतिष्ठानले प्रयोग गर्ने रासायनिक मलको मात्रै बढेको बताए ।
बीउ बीजनहरु १ प्रतिशतको भन्सार दरमा नै ल्याउन सकिने बताए । उनले कृषि तथा पशुपन्चि विकास मन्त्रालयको सिफारिसमा भन्ने कुरा राख्न आवश्यक रहेको बताए । यसो गर्दा कमशल बीउ आउने रोकिने दाबी गरे ।