नेपालको भूमिबाट भारतिय सेना तत्काल फिर्ता पठाउन सांसद बिडारीको माग



काठमाडौं । सांसद रामनारायण बिडारीले नेपालको भूमिमा रहेका भारतिय सेना फिर्ता पठाउन सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसद बिडारीले अब सिमामा रहेका सबै भारतीय सेनालाई तत्काल फिर्ता पठाएर लिम्पियाधुरा सहितको भूमि भोगचलन गर्न आग्रह गरे ।

अहिले उक्त क्षेत्रमा बनेको बाटोलाई नेपालको अनुमति बिना सवारीका साधन चलाउन नदिन पनि आग्रह गरेका छन् । ३२ सालसम्म चुच्चे नक्सा रहेको र त्यसपछि नक्सा भाचिएको उनको दाबी छ ।
भारतीय शासकको पेरोल बसेको केही मानिस बाहेक कसैले पनि यसको विरोध नगर्ने समेत दाबी गरे ।

‘केही केही पेरोल वालाले त्यो भूमि फिर्ता ल्याए प्रधानमन्त्री ओलीको बुट बोलिस गर्छु भनेका छन् । अहिले मोदिको बुट पोलिस गरिरहेका छन् । नेपालले भूमि पाएपछि प्रधानमन्त्रीले बुट पोलिस गर्न नलगाउनु बरु सिमाको पाले बनाउँ, उनले भने । सिमानामा रहेका सबै नेपालीले सिमाको रक्षा गरेको दाबी गरे । सिमामा रहेका नेपालीको इज्जतको लागि पनि काम गर्न आग्रह गरे ।


क्लिकमान्डु