मल बिक्री वितरणमा सहकारी संस्थाहरु कालाेबजारीमा लागेः सांसद शाह



काठमाडौं । सांसद प्रभु शाहले सहकारी संस्थाहरुले मलको बिक्री वितरणमा कालाेबजारी गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसद शाहले किसानले पाउने मल सहकारीबाट सिधै किसानले पाउनु पर्नेमा अहिले सहकारी संस्थाहरुले कृषकलाइ भन्दा पनि व्यापारीलाई दिएर कमिशन तन्त्र र कालोबजारी बढेको बताए ।

उनले ७ सय रुपैयाँ पर्ने मल अहिले १ हजार रुपैयाँमा कृषकले १ हजार रुपैयाँमा किन्ब बाध्य भएको जानकारी गराए । मलमा अनियमितता र कालोबजारी अत्याधिक बढेको भन्दै उनल भएको छ ।
सहकारीबाट सेटिङ, भनसुनको आधारमा किसानमा पुग्ने मल व्यापारीमा पुगेको भन्दै सहकारी नक्कली हो की सक्कली हो छुट्याउन समस्या भएको उनको तर्क छ ।

७ हजार मेट्रिक टन मल चाहिनेमा अहिले ४ हजार मेट्रिकटन आउने गरेकोमा पनि अहिलेसम्म सरकारले आवश्यक भन्दा पनि कम ३ हजार टन मात्रै ल्याउने गरेको बताए । अहिले कोरोनाको कारण मल आउन सकेको भनेर सरकार पछि हट्न नहुने उनको तर्क छ । उनले आगामी दिनमा मल सहजै बिक्री वितरण सहज हुन्छ की हुँदैन भन्दै जवाफ मागेका छन् ।


क्लिकमान्डु