मोटरसाइकलमा एकजनामात्र हिड्न पाइने



काठमाडौं । काठमाडौं । अबदेखि २ पांग्रे सावारीमा १ जना र ४ पाग्रे सवारीमा ३ जना मात्र सवार गर्नु पाउने सरकारले निर्णय गरेको छ । मोटरसाइकलमा चालक र ४ पांग्रे सवारीमा चालक वाहेक २ जनामात्र यात्रु सवार गर्न पाउने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

उनले बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उपत्यकाभित्र र उपत्यका बाहिरका जिल्लामा मात्र हुने गरी निजी सवारी सधानहरु जोर बिजोर प्रणाली अनुसार सञ्चालन हुन पाउने भएका जानकारी गराएका हुन् । जसमा २ पांग्रे सावारीमा १ जना र ४ पाग्रे सवारीमा ३ जना मात्र सवार हुन पाउने छन् ।

मन्त्री खतिवडाका अनुसार लकडाउन अवधिमा जोर बिजोर नम्बरका निजी सवारी साधान उपत्यका ३ जिल्ला र अन्य बाहिरका जिल्ला भित्र बिना पास सञ्चालन हुन पाउनेछन् ।


क्लिकमान्डु