विद्युतीय गाडी कुदाएर मात्रै विद्युतको खपत बढ्दैन्ः मन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडी कुदाएर मात्रै विद्युतको खपत नबढ्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

विद्युतीय गाडीले विद्युत खपत गर्ने भन्दैमा गाडीले १००/१५० मेगावाट खपत गरेपनि अन्य क्षेत्रमा विद्युतको उपभोग हुने कुराको विस्तार नभएसम्मका लागि गाडी कुदाएर मात्रै सम्भव नहुने बताए ।
मन्त्री खतिवडाले विद्युत खपत बढाउनका लागि औद्योगीकरण र ग्रामीण विद्युतीकरणमालाई जोड दिनुपर्ने बताए ।

उनले विद्युतीय गाडीलाई इन्धनबाट चल्ने सवारी साधन भन्दा थोरै करको सहुलियत दिने व्यवस्था गर्ने भएपनि कतिसम्म सहुलियत दिने विषयमा स्पस्ट हुनुपर्ने बताए । यस विषयमा आगामी दिनमा छलफल आवश्यक रहेको उल्लेख गरे ।

उनले सार्क मुलुकमा विद्युतीय सवारीको भन्सार ४० देखि १०० प्रतिशत र अन्तशुल्क सहित १०० प्रतिशतसम्म रहेको समेत दाबी गरे । भारतले नाकाबन्दी गरेको समयमा १० प्रतिशत भन्सारमा विद्युतीय सवारी आउन सक्ने बोल्ड निर्णय गरेको स्मरण पनि गराए । उनले हाल सार्वजनिक सवारीलाई १ प्रतिशत भन्सार शुल्क कायम गरेको उल्लखे गरे ।

सार्वजनिक गाडीमा अहिले पनि १ प्रतिशत नै रहेको उनको भनाइ छ । विद्युतीय सवारीमा निजी गाडीको हकमा केही बढाएको बताए ।


क्लिकमान्डु