एसईई परीक्षाको अनिश्चितता अझै बढ्यो, शिक्षामन्त्री पोखरेलले भने- एक महिनामा निर्णय लिन्छु
काठमाडौं । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले कोरोना भाइरसका कारण बन्द भएको एसईई, प्लसटुलगायतका परीक्षा स्थगित भएको सन्दर्भमा एक महिनामा निर्णय लिने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लकडाउनका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर परेको बताउँदै केही समय अगाडि घरपायक पर्ने गरी केन्द्र थप्ने विषयमा पनि छलफल भएको बताए । तर उक्त विकल्प संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएपछि कार्यान्वयन नगरिएको बताए ।
उनले अब एक महिनाभित्रमा ३ वटा विकल्पमा के गर्न सकिन्छ आफूले निर्णय लिने बताए ।
पहिलो विकल्पमा यो वर्षका लागि एसईई खारेज गर्ने/नगर्ने, दोस्रो विकल्पमा एसईईको जिम्मेवारी विद्यालयलाई दिने र अर्को विकल्पमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरिदिने र टुंगाउने विषयमा निर्णय लिने बताए ।
उनले यो कानूनी विषय पनि भएको र प्रदेशलाई समेत जिम्मेवारी दिइएको अवस्थामा बन्दाबन्दी र मोडालिटी टुंगिएपछि आवश्यक निर्णय गर्ने बताए ।