सिटिजन लाइफबाट जीवन बीमा घरबाटै अनलाइन मार्फत गर्न सकिने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन मार्फत बिमालेख प्रस्ताव दाखिला गर्न सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको छ ।
अब सिटिजन लाइफको जीवन बीमा सेवा घरबाटै अनलाइन मार्फत लिन सकिनेछ ।

बीमा योजना खरिद गर्नको लागि कम्पनीको वेबसाईट वा मोबाईलमार्फत लग इन गरी एजेन्ट पोर्टल अन्तर्गत गएर ग्राहकहरुको लागी इच्छाएको बीमा योजना अभिकर्ता मार्फत खरिद गर्न सकिन्छ ।

ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म आउनु पर्ने अवस्थालाई सहज वनाउन र समयको बचत हुनुको साथै ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जान कम्पनीको ‘डिजिटल सिटिजन्स’ अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जनाएको छ ।

कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी हालै लकडाउनको परिस्थितिमा समेत घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी इसेवा, फोन पेई, कजेक्ट आईपीएस लगायतका डिजिटल बैङ्किङ्ग सुविधा उपलव्ध गराएको छ । ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत सञ्चालनमा ल्याएको छ ।


क्लिकमान्डु