५ % भन्दा कम ब्याजमा ऋण दिइन्छ, किसानको तथ्यांक अद्यावधिक गरी अनुदान खातामै जान्छः कृषिमन्त्री भुसाल



काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले कृषकको लागि ५ प्रतिशतभन्दा नबढने गरी सरकारले डेढ खर्ब नयाँ लगानी गर्ने बताएका छन् ।

विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले अहिले कृषकको नाममा डेढ खर्ब नयाँ लगानी गर्ने र त्यसको ब्याज ५ प्रतिशतभन्दा नबढने बताए ।

‘त्यसका लागि कृषक र सरकारले समन्वयमा लगानी हुन्छ, हेर्दै जानुहोला यो सानो तिनो हुनेछैन,’ उनले भने ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री भुसालले गहुँको मूल्य तोकेको र धान रोप्नुभन्दा पहिले नै मूल्य तोक्ने चरणमा रहेको जानकारी दिए ।

‘मंसिर धान काटने र त्यसको मूल्य पुसमा तोक्ने होइन, असारमा धान रोप्ने भएकाले त्यसभन्दाअघि नै मूल्य तोक्ने तयारीमा छौं,’ उनले भने ।

३ लाख मेट्रिकटक धान लिन सक्ने क्षमता भएको खण्डमा सबै उत्पादनको सरकारले ग्यारेन्टी गर्ने समेत दाबी गरे ।

अब कृषिमन्त्रालयले ठूलो काम गर्न लागेकाले केही विरोध गरेमा, कालोमोसो दले पनि त्यसलाई सहेर अघि बढ्ने बताए ।

सहरमा हुँदा किनेर खाने मान्छेहरु गाउँमै भएको उत्पादनको खपत त्यही भयो, खरिदकर्ता नै उत्पादनमा लाग्दा बिक्री नभएको समेत दाबी गरे ।

उनले आफ्नो राष्ट्रिय पुँजी विकास हुने ठाँउ नभएर धोका भएको, विभिन्न पालिकाले गरेको बन्दको कारण धोका खाएको, टोलटोलका सरकारले तरकारी रोकोर सडाएका कारण समस्या भएको दाबी गरे ।

‘अर्कोवर्षबाट जति नै तरकारी उत्पादन भए पनि त्यसको उपभोग गर्ने गरी मन्त्रालय लागेको छ,’ उनले भने । सन् १९७९ को तथ्याङकमा टेकेर कृषिको तथ्याङक बोलेको भन्दै यो वर्षभित्रमा नयाँ तथ्याङक आउने बताए ।

ऊखु किसानको समस्या अनुदानमा भन्दा पनि मिल र किसानको समस्या भएको मन्त्रीको तर्क छ ।
सरकारले किसानको रजिस्टे«सन शुरु गरेको र अर्को वर्षबाट डेलिगेसन लिएर कोष तथा लेखा नियन्त्रण कार्यालय जानु नपर्ने र किसान अनुदान उनीहरुको खातामा जाने गरी व्यवस्था गर्न लागेको जानकारी गराए ।


क्लिकमान्डु