आगामी वर्ष २८ जिल्लाका गरिब घरपरिवार सर्वेक्षण गरी परिचय पत्र दिनेः मन्त्री अर्याल



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २८ जिल्लामा गरिब घर परिवार सर्वेक्षण गरी परिचय–पत्र वितरण गर्ने कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने बताइन् ।

मन्त्रालयको विनियोजन विधेयक माथि भएको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

उनले मन्त्रालयले २६ जिल्लाको गरीब घर परिवार सर्भेक्षण गरी गरिब पहिचान गर्ने कार्य सम्पन्न गरेर परिचय पत्र वितरण गर्ने कार्य शुरु गरेको र २३ जिल्लाको सर्वेक्षण तथ्य पहिचानको काम अन्तिम चरणमा पुगेको जानकारी गराइन् ।

आगामी आर्थिक बर्षमा मन्त्रालयले गरीब लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको र सरकारमा विभिन्न विषयगत मन्त्रालयहरुबाट सञ्चालन हुने गरीब लक्षित कार्यक्रमहरु सञ्चालन गर्दा यस मन्त्रालयले छनौट गरेका गरीब घर परिवार र सो सम्बन्धी परिचय-पत्र प्राप्त परिवारहरुलाई प्राथमिकतामा राखी कार्य सञ्चालन गर्ने व्यवस्था गरिएको बताइन् ।


क्लिकमान्डु