विदेशबाट आउनेलाई क्वारेन्टिनमा राखिने तारे होटल तथा रिसोर्टको नाम सार्वजनिक



काठमाडौं । विदेशबाट आउने नेपाली यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि सरकारले ४७ वटा होटल तथा रिसोर्टको नाम सार्वजनिक गरेको छ । यो सूचीमा चार तारे होटलदेखि पर्यटक स्तरीय होटलसम्म छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको सूचीमा ३ वटा चार तारे, ९ वटा ३ तारे, २ वटा दुई तारे, ५ वटा एक तारे, एउटा रिसोर्ट, २७ वटा पर्यटक स्तरीय होटल तथा रिसोर्ट छन् ।

जसमा काठमाडौंमा ग्राण्ड होटल, एयरपोर्ट होटल, समिट होटल, होटल मनाङ, पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठलगायतका होटल तथा रिसोर्ट छन् । काठमाडौंबाहिर रुपन्देही मणिग्रामस्थित ड्रिमल्यान्ड रिसोर्टमा ५० जना र पोखराको स्वीस इन्टरनेशनल होटल सरोवरमा ५० जना राख्न सकिनेछ ।


क्लिकमान्डु