अनलाइन सपिङ ग्यापु डटकम र सेल्सबेरी बिच ब्यापार साझेदारी



काठमाडौं । अत्यावश्यक घरायसी सामग्रीको होम डेलिभरी गर्दै आएको अनलाइन सपिङ ग्यापु डटकम र अग्रणी किराना तथा डिपार्टमेन्ट चेन सेल्सबेरी बीच ब्यापार साझेदारी सुरु भएको छ।

काठमाडौं, बनेपा र पोखराका २३ आउटलेट मार्फत सेवा दिइरहेको सेल्सबेरीमा उपलब्ध १ हजार ४ सय भन्दा धेरै घरायसी सामान ग्राहकले ग्यापु डटकमको वेबसाईट वा मोबाइल एप मार्फत अर्डर गर्न सक्नेछन् । उक्त अर्डरको ग्यापुका कर्मचारी मार्फत २४ घण्टा भित्र निःशुल्क डेलिभरी गरिने बताइएको छ ।

ग्राहकले डेलिभरी पूर्व ई–सेवाबाट पैसा तिरि क्यासब्याक समेत लिन सक्नेछन् । ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, आईएमई पे, फोने पे, कनेक्ट आइपिएस, खल्ती, प्रभु पे मार्फत बिल तिर्न सक्छन् भने डेलिभरिको समयमा नगद समेत दिन सक्नेछन् ।

हाल काठमाडौ उपत्यका भित्र मात्र ग्यापुको सेवा रहेको छ भने लकडाउन पछि सेवा देशका मुख्य शहरहरुमा बिस्तार गरिने ग्यापु डटकमका निर्देशक ज्ञानेन्द्र खड्काले बताए ।


क्लिकमान्डु