राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले चैत्र मसान्तसम्म कुनै भत्ता नलिने



काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ २२ गतेदेखि २०७७ चैत्र मसान्तसम्म कुनै पनि भत्ता नलिने घोषणा गरेका छन् ।

उनले संघीय संसद, राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनै पनि भ्रमण भत्ता नलिने जानकारी गराएका छन् । उनले उक्त भत्ता सरकारको राजस्व खातामा जम्मा गरिदिन संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई आग्रह गरेका छन् ।

यतिबेला मुलुक कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडिरहेको सन्दर्भमा सार्वजनिक खर्चमा मितव्ययीता ल्याउनको आफुले यस्तो निर्णय गरेको उनको तर्क छ ।


क्लिकमान्डु