निर्जीवन बीमा कम्पनीले १० महिनामा २० अर्ब ५६ करोड बढी गरे बीमाशुल्क आर्जन



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ५६ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्म अग्नी, मोटर, सामुन्द्रीक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ तथा अन्य विविध बीमाबाट सो बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिबाट उपलब्ध तथ्यांक अनुसार चालु आर्थिक वर्षको सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १९ वटा कम्पनीले २० अर्ब ५६ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन समितिले जनाएको छ । समितिले उपलब्ध गराएको तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको सो अवधिको प्रिमियम संकलनको विवरण समावेश गरिएको छैन् ।

चालु आवको बैशाख मसान्तसम्म १ वटा निर्जीवन बीमा कम्पनीले २ अर्ब बढी र ७ वटा कम्पनीले १ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । साथै ९ वटा कम्पनीले ५० करोड रुपैयाँ बढी र २ कम्पनीले ५० करोड रुपैयाँभन्दा कम बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा शिखर इन्स्योरेन्सले २ अर्ब बढी बीमा शुल्क संकलन गरेको छ भने, १ अर्ब बढी शुल्क संकलन गर्नेमा सगरमाथा इन्स्योरेन्स, नेको , सिद्धार्थ, एनएलजी, प्रिमियर, प्रभु र आइएमइ जनरल इन्स्योरेन्स रहेका छन् ।

बैशाख मसान्तसम्म सबैभन्दा बढी शिखर इन्स्योरेन्सले प्रिमियम संकलन गरेको छ । कम्पनीले सो अवधिमा २ अर्ब ६६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

यस्तै समितद्वारा उपलब्ध तथ्यांक अनुसार समीक्षा अवधिमा सबैभन्दा थोरै प्रिमियम संकलन सानिमा जनलर इन्स्योरेन्सको छ । कम्पनीले सो अवधिमा २७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

समितिबाट प्राप्त विवरण अनुसार १० महिनामा बीमा शुल्क आर्जनमा दोस्रो नम्बरमा भने सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले १० महिनामा १ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै बैशाख मसान्तसम्ममा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीको सुचीमा तेस्रो स्थानमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीले १० महिनामा १ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, भने चौथो स्थानको सिद्धार्थ इन्स्योरेन्स १ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यसैगरी गरी अर्ब बढी बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीको सुचीमा एनएलजी १ अर्ब ३९ करोड रुपैयाँ, प्रिमियर १ अर्ब ३६ करोड रुपैयाँ प्रभु १ अर्ब २१ करोड र आइएमइ जनरल इन्स्योरेन्स १ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरी अर्ब बढी शुल्क आर्जन गर्ने कम्पनीमा सुचीकृत भएका छन् ।

बीमा समितिको तथ्यांक अनुसार १ अर्ब रुपैयाँभन्दा कम र ५० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गर्ने निर्जीवन बीमा कम्पनीहरुमा लुम्बिनी, नेपाल, हिमालयन जनरल, पुण्डेन्सियल, दि ओरेन्टीयल, एभरेष्ट, अजोड, नेशनल र युनाइटेड इन्स्योरेन्स रहेका छन् ।

यस्तै, चालु आवको बैशाख मसान्तमा ५० करोड रुपैयाँभन्दा कम बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीहरुमा जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स रहेका छन् ।

कुन निर्जीवन बीमा कम्पनीको बीमा शुल्क कति ?


क्लिकमान्डु