कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा १० अर्ब खर्च



काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार, क्वारेन्टाइन व्यवस्थापन र राहत व्यवस्थापनमा अहिलेसम्म ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले उक्त रकम खर्च भएको बताएका हुन ।

उनका अनुसार उक्त रकममा संघिय सरकारले ६ अर्ब ३ करोड, सातै वटा प्रदेश सरकारले १ अर्ब ८ करोड र स्थानीय तहले २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेका छन् ।

यसमा स्थानीय सरकारको सबै विवतरण आउने बाँकी रहेको सचिव बिडारीले बताए । विवतरण आएपछि यो रकम थप हुने जानकारी गराए । कोरोना कोषमा सहयोगी निकाय तथा दातृ निकायबाट पनि सहयोग आइरहेको बताए । तर त्यो रकम भने यसमा नजोडिएको उनको दाबी छ ।

कोषमा रहेको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार, क्वारेन्टाइन व्यवस्थापन र राहत व्यवस्थापनमा तथा आवश्यक पर्दा थप रकम सहयोग गर्ने बताए । हालसम्म उपचार कोषमा २ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको सचिव बिडारीको भनाइ छ ।


क्लिकमान्डु