कर बुझाउने म्याद असार ७ सम्म थपियो



काठमाडौं । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र बुझाउनुपर्ने बक्यौता करको म्याद असार ७ भित्र बुझाएमा हुने व्यवस्था गरेको छ ।

विभागले बुधबार सूचना जारी गर्दै जेठ २५ भित्र बुझाउनुपर्ने करको समयसिमालाई असार ७ भित्र बुझाएमा हुने व्यवस्था गरेको हो ।

अर्थमन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग छलफलमा अर्थसचिव शिशिर ढुंगानाले कर तिर्ने समय पर सार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


क्लिकमान्डु