राष्ट्र बैंकको आग्रह प्रहरीले मानेन, बैंकका कर्मचारी सडकमै अलपत्र



काठमाडौं । अत्यावश्यक सेवा अन्तर्गत रहेको बैंकिङ क्षेत्रका कर्मचारीलाई ट्राफिक प्रहरीले सडकमै रोकेर राखेका छन् । राष्ट्र बैंकको आग्रहमा हिँजोसम्म परिचयपत्रको आधारमा हिँडिरहेका कर्मचारीलाई आजदेखि प्रहरीले रोकेको हो ।

लकडाउन अवधि लम्बिँदै जादाँ बैंकमा ग्राहकको भीड बढेको छ । जसकारण बैंकहरु राष्ट्र बैंकमा जारी पासले मात्र नपुगेको गुनासो गरेका थिए । सोही कारण राष्ट्र बैंकले महानगरीय प्रहरी महाशाखामा बैंकका कर्मचारीहरुलाई सहजीकरण गर्ने आग्रह गरेको थियो ।

राष्ट्र बैंकले गरेको अनौपचारिक अनुरोधमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले परिचयपत्र देखाउनेलाई हिँड्न दिइरहेको थियो ।

महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले समेत क्लिकमाण्डूसँग अत्यावश्यक सेवा अन्तर्गतका कर्मचारीहरुलाई आवश्यक परेमा परिचयपत्र देखाएर छोडेको बताएका थिए ।

तर आजदेखि भने परिचयपत्र बोकेर हिँडेकालाईट्राफिक प्रहरीले धमाधन रोकेको छ ।

अब बैंकका कर्मचारीलाई पास नचाहिने, परिचयपत्र देखाएर हिँड्न पाउने

बैंकका कर्मचारीहरुले सडकमा अलपत्र परेको गुनासो कर्मचारीहरुले गरेपछि क्लिकमाण्डूले ट्राफिक प्रहरी प्रमुख ढकाललाई प्रश्न गर्दा जवाफमा ढाकालले भने- ‘बैंकका कर्मचारीले अन्य आवश्यक काममा परिचयपत्र देखाएर हिँड्न पाउँछन् । तर अफिस जानलाई भने राष्ट्र बैंकले जारी गरेको पास नै चाहिन्छ ।’

हिँजोको दिनसम्म परिचयपत्रको आधारमा ट्राफिकले केही सहजिकरण गरेको भएपनि अब भने कार्यलय जाँदा राष्ट्र बैंकले जारी गरेको पासकै आधारमा छोडिने उनले बताए ।

‘बैंकका कर्मचारीहरुलाई तरकारी, ग्याँस, औषधी खरिद गर्न वा अस्पताल जानु परेमा परिचयपत्र देखाउँदा हुन्छ । तर कार्यलय जादाँ भने नेपाल राष्ट्र बैंकले दिएको पास वा सम्वन्धित निकायले जारी गरेको पास चाहिन्छ ।’ उनले भने, ‘कतिपय अवस्थामा हामीले छाडिरहेका पनि छौं ।’

सडकमा आवश्यकता भन्दा बढी बैंकमा कर्मचारीहरु पनि परिचयपत्र देखाएर हिँड्न थालेपछि प्रहरीले परिचयपत्रको आधार हिँड्न नदिएको ढकालको भनाइ छ ।

राष्ट्र बैंकको अनुरोधमा केही दिनयता परिचयपत्र देखाएर कार्यलय गइरहेका बैंकका कर्मचारी समेत सडकमा नै रोकिएका हुन् । बुधबार बिहान कार्यलय समयमा सडकमा सबैभन्दा बढी ट्राफिक चेकिङमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी परेका छन् ।

एकातिर सरकारले जेठ २५ गतेसम्ममा कर तिर्न सूचना नै निकालिसकेको छ । कर तिर्नका लागि बैंक खोल्नुपर्छ । त्यही बैंकमा  सेवा दिन हिँडेका कर्मचारीलाई ट्राफिक प्रहरीले बाटैमा रकेकाे छ ।

सरकारको द्धैद्व चरित्रको सिकार कर तिर्न हिँडेकादेखि बैंकमा सेवा दिने हिँडेका लगायतले दुःख पाइरहेका छन् ।


पुष्प दुलाल