विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ ऋण दिने



काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात १२ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ ।

विश्व बैंकको बोर्ड बैठकले नेपाललाई डेभलपमेन्ट पोलिसी क्रेडिट(डीपीसी) अन्तर्गत दिन लागेको ऋण नेपालको विद्युत् प्रणाली र कोरोनापछिको अर्थतन्त्र उकास्नको लागि प्रयोग हुने विश्व बैंकले जनाएको छ ।

‘विद्युत क्षेत्रमा संरचनात्मक सुधार अहिलेको जरुरी विषय हो,’विश्व बैंकका नेपाल म्यानेजर फरीस एच हदाद जर्भसले भने ।


क्लिकमान्डु