मलाई अहिलेपनि सांसदहरुले कृषि, वन, स्वास्थ्यको बजेट खोइ भनेर प्रश्न गर्छनः मन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुले अहिलेपनि आफूलाई कृषि, बन, स्वास्थ्यको बजेट खोइ भनेर प्रश्न सोधिरहेको बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा उनले यस्तो बताएका हुन् । बैठकमा मन्त्री खतिवडाले सरकारले तल्लो तहमा दिएको बजेटको विवरण अहिलेसम्म पाउन नसकेको गुनासो गरे ।

अधिकार प्रदेश र स्थानीय तहमा बाँडिएको छ तर त्यहाँ काम नभएको उनको गुनासो रहेको र त्यसको प्रगति एकिकृत ढंगले लिन नसकेको मन्त्री खतिवडाको तर्क छ ।

‘यतिसम्मकी खर्चको एककिृत विवरण लिनको लागि हाम्रा लेखापाल साथिहरु, महालेखा नियन्त्रक कार्यालयसाथीहरु गएर तथ्याङक लिएर आउनु परेको छ ।’

अघिल्लो वर्षको आन्तरिक लेखा परिक्षणको रिपोर्टबाट एकिकृत लेखाको रिपोर्ट बनाएको पनि जानकारी गराए । आगामी दिनमा मुलुकको तिनै तहका सरकारले गरेको कामको विवतरण आउन सकोस र कामको पनि संयोजन हुन आवश्यक रहेको मन्त्री खबितवडाको भनाइ छ ।

अहिले रहेको केन्द्रिय तथ्याङक विभाग अब स्थापना हुने केन्द्रिक तथ्याङक कार्यालयले सबै तथ्याङकलाई एकिकृत रुपमा अघि बढाउने जानकारी गराए ।


क्लिकमान्डु