भारतिय सेनापतिको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठद्वारा खेद व्यक्त



काठमाडौं । सांसद नारायणकाजी श्रष्ठले नेपालले भारतिय सेनापति लगायत उच्च अधिकारीहरुको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् ।

कुटनीति रुपमा नक्साको विवाद समाधान गर्न खोजेपनि भारतीय सेनापति, भारतीय विदेश मन्त्रालयका पूर्व सचिव जस्ता व्यक्तिले नेपालीमाथी आरोप लगाउनु अत्यन्तै खेदजनक रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा उनले यस्तो बताएका हुन ।

दक्षिण एसियामा सबै देश उपनिवेशको शिकार भएपनि नेपाल मात्रै स्वतन्त्र राष्ट्रको रुपमा अघि बताए । यस्तो राष्ट्रले बोल्नको लागि कसैको उक्साहट, आड आवश्यक नपर्ने दाबी गरे । भातरले तथ्याहित आरोपले समस्याको समाधानमा बाधा गर्ने मात्रै बताए ।

सिमा क्षेत्रमा देखिएको विवाद भारत लगायत सबै देशसँग कुटनीतिक रुपमा वार्ता मार्फत समस्याको समाधान गर्न चाहेको बताएका छन् ।

कुटनीतिक वार्ताबाट नै गुमेको भूभाग फिर्ता ल्याउने सकिने भन्दै कोही कसैले पनि आक्रोशित हुन नहुने बताए । भारतलाई पनि चाँडो भन्दा चाँडो कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्न आउन आग्रह गरेका छन् ।

यो बेला भारतीय सरकारले आफ्नो व्यवहामा सच्याउन आवश्यक रहेको दाबी गरे ।
नेपाल र भारतको सम्बन्ध जनस्तरको सम्बन्ध भएका भन्दै यो सम्बन्धलाई स्थिर बनाउन आवश्यक रहेको उल्लेख गरे । नेपाल र भातरको मैत्री सम्बन्धको विकल्प नभएको भन्दै सरकार, राजनीतिक पार्टी र कुनै नेपाली भारत र भारतीयको विरोध हुन सक्दैन ।

नेपालीले आफ्नो अधिकारको कुरा गर्दा कसैले पनि विरोध भयो भनेर बुझन नहुने उनको तर्क छ ।
उनले भने ‘हामी भारतको विरोधी छैनौ । हामी सार्वभौतिकताको पक्षमा सदैव उभि नै रहन्छौ । हामी विशेष राजनीतिक अवस्थामा रहन चाहन्छौ । हामी कुनै पनि छिमेकीको विरोधमा कार्ड फाल्न चाह्दैनौ । दुवै छिमेकिमा विशेष आयामको सम्बन्ध कायमा गर्न चाहन्छौं ।’

यो बेला सम्बन्धलाई मजबुत बनाउनुको विकल्प नरहेको उनको तर्क छ । यो बेला हाम्रो सम्बन्ध बलियो बनाउन सकेको खण्डमा विश्वमा नै उदाहरणीय बन्न सकिने दाबी गरे । नेपाल भारत सिमाको समस्या, लिपुलेक, कालापानी सहितको भूमि, सुस्ताको भूमागमा अतिक्रमण भएको, सिमा स्तम्ध अतिक्रमित भएको उनको भनाइ छ । सिमा अतिक्रमण बन्द गरे समस्या समाधान हुने श्रेष्ठले दाबी गरे ।

असमान सन्धि सम्झौता खाजेर गर्नुपर्छ र नयाँ सन्धि गर्न आवश्यक रहेको बताए । १९५० को सन्धि सबै नेपाली मिलेर सन्धि खाजेर गर्न पनि आग्रह गरे । ‘हाम्रो आन्तिरिक मामिलामा हस्तक्षेप नहोस । हामीले यस्ता हस्तक्षेप धकेलिराखेका छौ । अब फेरी यस्ता हस्तक्षेप धेकल्न नपरोस, भारत सरकार आफैले आत्माआलोचना गरेर आफैले बुझोस ।’

आर्थिक, सामाजिक, राजनीतिक सम्बन्ध सुधार गर्नको लागि सुझाव दिन इपिजी गठन भएको स्मरण गराउँदै अहिलेसम्म भारतले त्यो प्रतिवेदन बुझेन । त्यो प्रतिवेदन बुझेर हाम्रो सम्बन्ध नयाँ शिराबाट अघि बढाउन आग्रह गरे ।

यो बेलामा भारतीय विदेश मन्त्री लगायतले वार्ताबाट समस्या समाधान गरौ भनेपनि त्यसलाई व्यवहारमा उतार्न चुनौती दिएका छन् । बैठकमा नेता श्रेष्ठले कर्मचारीले पाउने खाजा, बैठक, प्रोत्साहत भत्ता कटौति भएको स्मरण गर्दै सांसदहरुले पनि यो बेलामा भत्ता नलिने निर्णय गर्न सुझाव दिएका छन् ।

अर्थमन्त्रीको अधिकारभित्र नपरेर भत्ता कटौती गर्न नसकेको भएपनि संघिय सांसदहरुले आजको आवश्यकतालाई ध्यान दिएर कर्मचारीले भत्ता नदिएको भन्दै आफुले पाउने भत्ता नलिने निर्णय गर्न आग्रह गरे ।


क्लिकमान्डु