मैले राम्रो बजेट ल्याएको कारण विरोध गरे: अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सांसदहरुलाई तथ्यमा आधारित भएर विरोध गर्न सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा मन्त्री खतिवडाले सरकारले राम्रो बजेट ल्याएको र प्रतिपक्षिहरुले त्यसको विरोधका लागि मात्रै विरोध गरेको आरोप लगाए ।

‘जब संसदमा धेरै राम्रो बजेट आउँदै जान्छ त्यहाँ धेरै विरोध नगरौ’ मन्त्री खतिवडाले भने ‘तथ्यमा आधारित भएर विरोध भयो भने राम्रा हुन्छ । जति आलोचना हुन्छ त्यही नै राम्रो बजेट आएछ भन्ने मैले ठानेको छु ।’

मन्त्री खतिवडाले आफु राष्ट्रिय योजना आयोगमा हुँदा महिला मैत्री बजेट ल्याउनको लागि अडिट गराएको स्मरण पनि गराए । उनले यो बजेट पनि पूर्ण महिलामैत्री भएको जानकारी गराए ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ चालु आवमा स्वास्थ्य सामग्रीका लागि थप निकासा दिएको पनि बताए ।

कोरोना कोषबाट निकासा हुने र विपद व्यवस्थान कोषबाट हुने रकम स्वास्थ्यमा नै खर्च गर्ने पनि जानकारी गराए ।

एमसीसीमा जग्गा अधिग्रहण गर्न सरकारले पैसा राखेको र अहिले सरकारले गर्ने कामका लागि मात्रै बजेट विनियोजन गरेको तर्क गरे ।बैठकमा अर्थमन्त्री भएका डाक्टरहरुले खराब काम गरे भनेर सबैलाई नभन्न आग्रह गरे ।

उनले भने ‘खराब भनेर आफ्नै पार्टीकोलाई भनेको भए ठिकै हो अरुलाई नभनौ ।’ सोमबारको प्रतिनिधि सभाको बैठकमा ‘विनियोजन विद्येयक २०७७ माथी बिचार गरियोस’ भन्ने प्रस्ताव बहुमतले पनि पारित भएको छ ।


क्लिकमान्डु