कोरोनाको समस्या समाधानका लागि एडीबीले ३० अर्ब सहयोग गर्ने, अर्थमन्त्रालयले आज सम्झौता गर्यो



काठमाडौं । कोरोना भाइरस समस्या समाधानका लागि एसियाली विकास बैंकले ३० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ ।

सोमबार बिहान अर्थमन्त्रालयले बैंकबीच उक्त सम्झौता भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खतिवडाले यो बजेट सहयोगका लागि छोटो अवधिमा प्राप्त भएको सहयोग भएको बताए ।

‘आजै बिहान अर्थमन्त्रालयले एसियाली विकास बैंकसँग कोभिडसँग सम्बन्धित समस्या समाधान गर्नका लागि ३० अर्ब रुपैयाँको बजेट सपोर्टका लागि अर्थमन्त्रालय सम्झौता गरेको छ । यो एउटै संस्थाले यति छोटो समयमा सहयोग स्वीकृती भएको र छिट्टै परिचालन हुने उदारहण हो,’ उनले भने ।

उनले चालु आर्थिक वर्षमा १० प्रतिशत कम अनुमान गरिएको बताए ।

‘आन्तरिक ऋणको विषयमा वित्त आयोगले दिएको सुझावका आधारमा जीडीपीको ५ प्रतिशतको अनुमानमा आन्तरिक ऋण उठाउन खोजिएको छ । यसमा निजी क्षेत्रमा जाने कर्जालाई विस्थापित नगर्ने गरी आन्तरिक ऋण उठाउने हो,’ उनले भने ।

अहिले काभिडको जोखिम बढ्दै गर्दा दातृ निकायको अत्यन्तै राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै त्यसैगरी विश्व बैंक, युरोपियन इन्भेस्टमेन्ट बैंकले पनि सहयोग गर्ने विषयमा कुरा भइरहेको बताए ।


क्लिकमान्डु