कोरोना बीमाको शुल्क ५० प्रतिशत सरकारको तर्फबाट



काठमाडौं । अब कोरोना बीमा गर्दा ५० प्रतिशत छुट हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइसरको बीमा गर्दा सरकारले ५० प्रतिशत अनुदान दिने बताएका हुन् ।

बिहिबार मन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै निर्जीवन बीमा कम्पनीहरुले गर्दै आएका कोरोना भाइरसको बीमा वापतको बीमा शुल्कमा ५० प्रतिशत बीमितबाट र ५० प्रतिशत सरकारको तर्फबाट ब्यहोर्ने बताएका हुन् ।

हाल कोरोना बीमा समितिले बीमा शुल्क १ लाख रुपैयाँको प्रतिव्यक्ति १ हजार र परिवार तथा संस्थागत रुपमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तोकेको छ भने ५० हजार रुपैयाँसम्मको कोरोना बीमा गर्दा प्रतिव्यक्ति ५ सय रुपैयाँ र संस्थागत वा परिवारबाट गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।


क्लिकमान्डु