बजेटः यस्ता छन् नेपाल र विश्वका रोचक किस्सा र घटना



अहिले नेपाली समाज सरकारले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गर्ने बजेटको पखाईमा छ । सरकारले एक बर्ष भरी गर्ने काम कारवाहीमा लाग्ने खर्च, आम्दानी र अन्य महत्वपूर्ण आर्थिक विवरण समेटिएर आउने बजेट धेरैको चासो र प्रतिक्षाको विषय बन्ने गर्छ । बजेटले नै देशको आर्थिक अवस्था र गति देखाउने गर्छ ।

नेपालमा मात्रै होइन संसारभरका धेरै देशले बजेट प्रस्तुत गर्ने गर्छन् । यसरी प्रस्तुत गरिने बजेटका केही रोचक कुराहरु पनि छन् । बजेट सम्बन्धि यस्तै रोचक प्रसंगलाई यहाँ प्रस्तुत गरिएको छ ।

बजेट शब्द ल्याटिन भाषाको बुल्गा शब्दबाट आएको मानिन्छ । जसको अर्थ सानो हाते ब्याग भन्ने हुन्छ ।

बजेट शब्दको प्रयोग सन् १६११ मा एउटा नाटकमा थोमस क्रोयटेले गरेका थिए ।

यो शब्द १६ शताब्दीको अन्तमा निकै प्रचलित बनेको थियो । त्यतिखेर बेलायतमा बजेट भनेर पत्रिकालाई बुझिन्थ्यो ।

बजेट शब्दलाई आर्थिक क्षेत्रसँग पहिलोपटक १७३३ मा जोडियो ।

पहिलो बजेट १७२० मा बेलायतमा रोर्वट वालपोलेले प्रस्तुत गरेका थिए ।

अनौपचारिक रुपमा ११ औँ शताब्दीमा बेलायतमा एलिजाबेथ प्रथमको समयदेखि नै बजेट निर्माण गरिन्थ्यो । तर उक्त बजेट सर्बसाधारणलाई थाहा भने दिइदनथ्यो ।

भारतको पहिलो बजेट १८६९ मा प्रस्तुत गरिएको थियो ।

नेपालमा विक्रम सम्बत २००८ मा पहिलो पटक मात्रिका प्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्णशमशेर राणाले ल्याएका थिए ।

बेलायतमा सन् १७९८ मा पहिलो पटक बजेटमा आय कर पनि समावेश गरिएको थियो ।

नेपालको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैँयाका थियो ।

भारतमा मोरारजी देसाईले सबैभन्दा धेरै १० पटक बजेट प्रस्तुत गरेका छन् ।

उनले दुई पटक आफ्नो जन्म दिवसका दिन बजेट प्रस्तुत गरेका छन् ।

भारतमा बजेट प्रस्तुत गर्ने पहिलो महिला इन्दिरा गान्धी हुन् ।

सन् २०१६ को एक तथ्याकं अनुसार भारत संसारका १० ठूलो बजेट भएका देशको दशौँ स्थानमा पर्छ । पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा चीन छन् ।

उक्त तथ्यांक अनुसार नेपाल १०५ औं स्थानमा पर्छ ।

भारतमा बजेट छापिन प्रेसमा गएपछि भारतीय अर्थ मन्त्रालयमा हलुवा पार्टी चल्छ ।

त्यस्तै संसारमा सबैभन्दा धेरे सैन्य बजेट छुट्याउने देशमा अमेरिका पहिलो स्थानमा छ भने चीन दोस्रो स्थानमा छ ।

सैन्य बजेटको मामिलामा भारत पनि पाँचौ स्थानमा छ । भारतले कुल ग्राहस्थ उत्पादनको २.५ प्रतिशत सैन्य बजेटमा खर्च गर्छ ।

२०६७ मंसिर ३ गते अर्थमन्त्री सुरेन्द्र पाण्डे संसदमा बजेट प्रस्तुत गर्न जाँदा उनीमाथि तत्कालिन माओवादीका सांसदले हातपातको प्रयास गरेका थिए ।

सन् १९४७ मा वेलायतको लेबर पार्टीका तत्कालिन चान्सलर ह्युज डाल्टनले बजेट पेश गर्नु अगाडी नै बजेटका महत्वपूर्ण अंश पत्रकारलाई सुनाएका थिए । त्यही कारण उनले राजीनामा दिनुपर्यो ।

सन् १९९६ मा वेलायती पत्रिका डेली मिररले बजेट सार्वजनिक हुनु अगाडी नै बजेट प्राप्त गरे पनि छापेन । उसले सरकारले बजेट पेश गर्नु अगाडी नै बजेट सार्वजनिक गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने भन्दै बजेट नछापेको बताएको थियो ।

२०६८ साल असार ३० मा बजेट पेश गर्न संसद पुगेका तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले मधेसी दलको विरोधका कारण बजेट पेस गर्न पाएनन् । तर बजेट छापिएका पुस्तक भने संसदमा वितरण गरिसकिएको थियो । पछिल्लो दिन अर्थमन्त्रीले अघिल्लो दिन नै सार्वजनिक भएको बजेट संसदमा पेश गरेका थिए ।

अर्थमन्त्री विष्णु पौडेलको पालामा आर्थिक वर्ष २०७३/७४ को बजेटको अंक जस्ताको तस्तै सार्बजनिक भएको थियो ।


क्लिकमान्डु