राष्ट्रिय सभाका सदस्यद्वारा पश्चिमरुकुम घटनाको विरोध



काठमाडौं । पश्चिमरुकुम चौरजहारीको घटनाको विषयमा राष्ट्रिय सभामा बोल्ने सांसदहरुले विरोध जनाएका छन् ।

उक्त घटनामा संलग्न सबैलाई कानून बमोजिम कडा कारबाही गर्न माग गरेका छन् ।

सांसदमा बोल्ने अधिकाश सांसदहरुले जातको आधारमा कोही कसैलाई पनि विभेद गर्न नपाइने भन्दै तत्काल कारबाही गर्न माग गरेका हुन् । सांसदहरुले ताजिय अंहकारवादलाई निर्मुलन गर्न पनि माग गरेका छन् ।

संसदमा सांसदहरुले उठाएको प्रश्नमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले उक्त घटनाको छानविनका लागि ५ सदस्यीय छानविन आयोग समेत गठन गरेको मन्त्री थापाले जानकारी गराए । उनले उक्त घटनामा संलग्न पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल, उनको बुबाका साथै १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए ।

विगत तीन वर्षदेखि जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल प्रेम सम्बन्धमा रहेका थिए । आफ्नी प्रेमिकालाई नवराज र उनका १९ जना साथी मल्ललाई लिन त्यहाँ पुगेका थिए ।

कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिल्ने भन्दै विवाद सुरु भएको थियो ।

मल्लाका परिवारले उनीहरुलाई लखेटी-लखेटी भेरी नदीसम्म पु¥याएको र उनीहरुलाई समातेर पिटदा नवराजको शनिबार नै मृत्यु भएको छ । उनको शव राती १० बजे नदिको बिच भागमा भेटिएको बताइएको छ ।

यता ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भएको छ । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको मन्त्री थापाले बताए । उनीहरुको खोजीको लागि गोताखोरको समेत प्रयोग भएको मन्त्रीको भनाइ छ ।


क्लिकमान्डु