सेफ्स एशाेसिएसन र विभिन्न संस्थाद्वारा कोरोना प्रभावितलाई निशुल्क भोजन

क्लिकमान्डु २०७७ जेठ ९ गते १४:५९ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको महामारीमा परि बिचल्लीमा परेका नागरिकलाई सेफ्स एशोसियन र विभिन्न संस्थाले संयुक्त रुपमा निःशुल्क भोजन गराएका छन ।

महामारीका कारण प्रभावित श्रमजीवी तथा आफ्नो गृहजिल्ला जान नपाएका मानिसहरुको लागि तारेकेश्वर युबा क्लब , नागार्जुन नगरपालिका र सेफ्स एसोसिएसन अफ नेपालले दैनिक २५० देखि ३५० जना सम्मको लागि निशुल्क खाना खुवाएका हुन । उक्त कार्यबाट सर्बसाधारण निकै खुशी भएका तारेकेश्वर युबा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले बताए ।

आगामी दिनमा पनि समय र खाद्यान्नको ब्यबस्थापन मिलाएर निः शुल्क खाना खुवाइने सेफ एसोसिएसन अफ नेपालका अध्यक्ष खडग बिक्रम लामाले क्लिकमाण्डुलाई बताए । यसका साथै उक्त कार्यमा आर्थिक सहयोग गर्ने दाताप्रती सेफ्स एशोेसिएसन अफ नेपालका उपाध्यक्ष शिबहरि घिमिरेले धन्यवाद ब्यक्त गरेका छन ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स