रैथाने बीउको सूचिकरणमा नेपाल धेरै कमजोरः मन्त्री भूसाल



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम मुसाललले अहिले रैथाने बीउ, बालीको सूचिकरणमा नेपाल धेरै कमजोर स्थानमा रहेको बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा मन्त्री भूसालले अहिलेको सूचिकरणको अवस्था हेर्दा निकै कमजोर अवस्थामा रहेको बताएका हुन । उनले यो अवस्था रहेमा नेपाल अघि बढन कठिन हुने तर्क गरे ।

उनले रैथाने बीउ, बीजन, बालीलाई प्रदेशले सुचिकरण गर्न सक्नेगरी प्रस्ताव ल्याएको पनि जानकारी गराए । कृषि क्षेत्रको पुनसंरचना गर्नको लागि बीउ, बालीको संरक्षणको लागि बालीमा के व्यवस्था गर्न सकिन्छ भनेर पनि विधेयकमा समावेश गरेको उनको तर्क छ ।
बीउ बीजन ऐनलाई संसोधन गर्न बनेको विद्येयकमा उठेको प्रश्नको जवाफ दिंदै मन्त्री भूसालले अब नेपाल कृषिमा आत्मनिर्भर, बीउमा आत्मनिर्भर हुनुपर्ने बेला आएको बताए ।
विद्येयकमा बीउ, बीजनको व्यवस्थालाई प्राथमिकताका साथ राखिएको जानकारी गराए ।


क्लिकमान्डु