निजी तथा सामुदायिक अस्पतालले आरडीटीबाट कोरोना परीक्षण गर्न नविकरण अनिवार्य (निर्देशिकासहित)



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोरोना परीक्षका लागि आरडीटी बाट परीक्षण गर्नका लागि निर्देशिका जारी गरेको छ ।

मन्त्रालयले जारी गरेको निर्देशिकमा आरडीटीबाट गरिने परीक्षणको खरिद मूल्यको २० प्रतिशत नबढने गरी शुल्क लिन पाइने व्यवस्था गरिएको छ ।

उक्त निर्देशिकामा आरडीटी बाट परीक्षण गर्न इच्छुक निजी तथा सामुदाययक अस्पतालहरू प्रचलित कानूनी अनुरूप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गनका निकायमा दर्ता भई नवीकरण गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

अस्पतालले आरडीटी परीक्षणका लागि उपत्यका भित्रका स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्ने र उपत्यका बाहिरका स्वास्थ्य संस्थाहरूले सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

सूचीकृत नभएका आरडीटी प्रयोग गर्न चाहेमा सम्बन्धित अस्पतालले आवश्यक कागजात सहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निवेदन दिनु पर्ने र प्रयोगशालाले मूल्याङकन गरी सूचिकृत गरेपछि मात्र प्रयोग गर्न सकिने जनाएको छ ।

आरडीटी परीक्षणको नतिजा पोजेटिभ आएमा आरती पीसी आर गर्न रिफर गर्नेपर्ने पनि व्यवस्था गर्न निर्देशिकामा व्यवस्था गरिएको छ ।

आरडीटी परीक्षणको अभिलेखीकरण चुस्त दुरुस्त राख्नु पर्नेछ र आरडीटी परीक्षणको प्रतिवेदन दैनिक रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पेश गर्नुपर्ने छ। साथै जनस्वास्थ्य प्रयोजनका लानि इपिडेमिओलोजी तथा रोग नियन्त्रण महाशाखाले माग गरे बमोजिम सूचनाहरू उपलब्ध गराउनु पर्ने छ ।


क्लिकमान्डु