सीएनआई उपाध्यक्ष अग्रवालले सरकारलाई दिए ३ सुझाव



काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवालले कोरोनाको असर पनि उद्योग क्षेत्रलाई बचाइ राख्न तीन प्रकारको सुझाव दिएका छन् ।

उद्योग परिसंघले आयोजना गरेको छलफलमा उनले बैंकहरुले ब्याजदर ५ प्रतिशतमा झार्नुपर्ने बताए ।

अग्रवालले बैंकले लोनलस प्रोभिजनमा पनि रि–स्टक्चर गर्न आवश्यक रहेको सुझाव दिए ।

छलफलमा उनले अहिले रि–फाइनान्सको सूविधा ठूला उद्योगीहरुले मात्रै लिएको गुनासो आएको भन्दै अब साना तथा मझौला उद्योगीलाई रि–फाइनान्सको व्यवस्था प्रभावकारी रुपमा गर्न आग्रह गरे । उनले भने ‘ रि फाइनान्स पनि नाफा कमाएकाभन्दा नोक्सानमा गएका उद्योगीको हितमा हुनुपर्छ ।’

उनले अहिले कुने क्षेत्रलाई कस्तो असर पर्छ भनेर हेर्न आवश्यक रहेको पनि बताए । अध्ययन पछि केही क्षेत्रलाई तत्कालीन र केही क्षेत्रलाई अल्पकालिन असर पार्ने भएकोले त्यही अनुसारको सहायता आवश्यक रहेको बताए ।
अहिले कोरोना भाइसको कारण ६५ लाख कामदार प्रभावित भएको बताए ।

छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले बोर्डले बुक बिल्डीङको योजना ल्याएको र यसले नयाँ कम्पनीलाई धितोपत्र बजारमा आउन प्रश्रय पाउने बताए । बोर्डले विशिष्टिकृत लगानी कोषको व्यवस्था गर्न लागेको र त्यसमा २,४ अर्बको फण्ड बनाएपछि लगानी गर्न सकिने बताए । यसमा बैकिङ क्षेत्रको आधा र अन्य क्षेत्रको आधा लगानी हुँदा रकमको अभाव नहुने पनि बताए ।

अध्यक्ष ढुंगानाले अहिले सेयर बजारमा लगानीकर्ताको पहुँदा नहुँदा सप्लाइ चेनमा समस्या भइको बताए । उनले आगामी दिनमा आईटीलाई प्रभावकारी बनाएर लैजाने र लगानीकर्ताको सहज पहुँचको व्यवस्था गर्ने बताए ।

सेयर बजारमा आईटीलाई प्रभावकारी बनाउन नसकेको खण्डमा पुँजी बजार प्रभावकारी नहुने उनको दाबी छ । अहिलेको अवस्थामा लगानीकर्तालाई विश्वास दिलाउन नसकेको खण्डमा बजारको विकास हुन नसक्ने दाबी गरे ।

छलफलमा उद्योगी पवन गोल्यानले राष्ट्र बैंकले २ प्रतिशत ब्याज घटाउन दिएको निर्देशन निकै राम्रो र उद्योगीहरुलाई प्रभावकारी भएको बताए ।

उनले अहिलेको अवस्थामा सम्भव भएको खण्डमा विदेशबाट लगानी ल्याउने बाताबरण राष्ट्र बैंकले गर्नु पर्ने बताए । छलफलमा गोल्यानले गाँउ गाँउमा भएको पैसालाई पनि उद्योगको क्षेत्रमा भित्र्याउने नीतिगत व्यवस्था आवश्यक भएको बताए ।

उनले केही उद्योगी व्यवसायीहरुले बैंकको ब्याज तिर्न सक्ने अवस्था भएपनि अहिले ब्याज तिर्न आनाकानी गरिरहेको भन्दै त्यसो नगर्न आग्रह गरे । उनले भने ‘उद्योगीहरु जसले सक्नुहुन्छ उहाँहरुले बैंकको ब्याज तिर्नु, त्यो पैसा बैंकले अन्य क्षेत्रमा खर्च गर्न सक्छन ।’

उनले अहिले कुनै बैंकको शाखा नाफामा नगएको शाखा तत्काल बन्द गर्न, एकै ठाँउमा धेरै रहेको एटिएम पनि बन्द गर्न आग्रह गरे । उनले भने ‘बैंकको जिल्लामा रहेका अनावश्यक शाखा पनि बन्दगर्नु आवश्यक छ ।’

उनले यो बेलामा बैंके ब्याजदर घटनु पर्ने र बैंक बाँचे उद्योग बाँच्ने र उद्योग बाँचे मात्रै बैंक पनि बाच्ने दाबी गरे । त्यसको लागि सबै क्षेत्र मिलेर अघि बढ्न आग्रह गरे ।

छलफलमा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंक र उद्योग आपसमा सँगै मिलेर जानुपर्ने बताए । बैंकको तेस्रो त्रैमासको रिपोर्टले पनि बैंकहरुको वित्तीय अवस्था सबैले थाहा पाएको दाबी गरे । उनले नाफामा रहेका उद्योगी व्यवसायीहरुले भन्दा पनि साना र नोक्सान गएको उद्योगी व्यवसायीले मात्रै राहत लिन आग्रह गरे ।

 


क्लिकमान्डु