जीवन बीमा कम्पनीलाई कोरोना बीमा नगर्न बीमा समितिको निर्देशन



काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनी तथा अन्य संस्थाहरुलाई कोरोना बीमा नगर्न निर्देशन दिएको छ ।

जीवन बीमा तथा केही संस्थाहरुले निःशुल्क कोरोना बीमा गर्न लागेको भन्दै भन्दै यसमा समितिले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।

बीमा समितिले सोमबार निर्देशन जारी गर्दै कोरोना बीमा निर्जीबन बीमा कम्पनीले मात्रै गर्नुपर्ने र अन्य कम्पनीले गर्न नपाउने जनाएको छ ।

समितिबाट सबै निर्जीबन बीमा कम्पनीहरुले कोरोना बीमा गर्ने गरी स्वीकृत गरिएको कोरोना बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निःशुल्क कोरोना बीमा गरिदिन थालेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

समितिको निर्देशनमा आगामी दिनमा निर्जीबन बीमा व्यवसाय गर्ने बीमक बाहेक अन्य संस्थाहरुले कोरोना बीमासँग जोडेर आफ्ना सेवा व्यवसाय तथा विज्ञापन नगर्न निर्देशन दिएको छ ।


क्लिकमान्डु