बजेटमा निजी क्षेत्रलाई सम्बोधन नगरिए उद्योग बन्द गरेर सडकमा आउँछौंः महासंघ अध्यक्ष राणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रले सरकारसँग राहत मागेको नभएर सहयोगको अपेक्षा गरेको बताएकि छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोभिडबाट अर्थतन्त्रमा परेको असर र राहतका लागि सरकारलाई आफूहरुले सुझाव बुझाएको र उक्त सुझाव समावेश नीति तथा कार्यक्रममा नसमेटेको समेत बताइन् ।

उनले आगामी आर्थिक वर्षको बजेटका लागि निजी क्षेत्रले आफ्ना मागहरु अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंंकलगायतका सबै निकायलाई जानकारी गराएको र त्यो विषय बजेटमा समावेश नभएको खण्डमा उद्योग क्षेत्र ध्वस्त हुने बताइन् ।

उनले आफ्नो मागहरु सरकारले ल्याएको नीति तथा कार्यक्रममा समावेश नभएको र आगामी आवको बजेटमा पनि आफ्ना माग समावेश नभएको खण्डमा निजी क्षेत्रले आफ्नो उद्योग धन्दा बन्द गरेर सडकमा निस्कनुको विकल्प नभएको बताएन ।

आफ्नो मागहरु बजेटमा सम्बोधन नभएमा उद्योग धन्दा ध्वस्त हुने उनको भनाइ छ ।

राणाले अर्थतन्त्र जोगाउन भारतलगायतका देशले स्टिमुलस प्याकेज ल्याएको भन्दै अर्थतन्त्रको ५ प्रतिशत बराबरको नेपाल सरकारले स्टिमुलस प्याकेज ल्पयाउनु पर्ने बताइन् । उनले निजी क्षेत्रलाई आर्थिक पुनरुत्थान कार्यक्रम सहितको राहत प्याकेज ल्याउन आवश्यक रहेको बताइन ।

उनले यो बेला सरकारले उद्योगीलाई कोमामा जानबाट रोक्नका लागि भए पनि नीति तथा कार्यक्रममा कुनै कुरा नआएपनि बजेटमा अनिवार्य रुपमा राख्न आवश्यक भएको बताइन ।

अहिले राज्यको निकायले उद्योगी व्यवसायीलाई विभिन्न बाहनामा धरपडक हुने, उत्पादन भएको समान बजारमा लैजान समस्या, बैंकको ब्याजको फोन आउने, घर भाडाको समस्या, मल बीउमा समस्या भएको समयमा यता सरकारको कुनै ध्यान नगएको उनको गुनासो छ ।

उनले आगामी ३ वर्षका लागि बैंकको ब्याज ५ प्रतिशत कायम गर्न आग्रह गरिन । घाटामा गएको उद्योगको लागि ५ वर्ष वाच लिस्टमा राख्नुपर्ने बैंकले लिने सेवा र नविकरण शुल्क खारेजगर्न समेत आग्रह गरिन ।

विजुलीमा लाग्ने हर्जाना हटाउनु पर्ने, महशुल आगामी ४ महिनासम्म तिर्न पाउनु पार्ने माग गरेकी छिन् । साथै लडकाउनको समयमा भएको विद्युतको डिमान्ड शुल्क खारेज गर्न र २ वर्षसम्म ४ प्रतिशत छुट हुनुपर्ने समेत माग गरिन् ।

उनले भ्याटलाई १३ बाट १० प्रतिशत हुनुपर्ने, व्यक्तिगत आयाकरमा पनि २० प्रतिशत छुट हुनुपर्ने माग गरिन् ।


क्लिकमान्डु