कोरोना भाइरस बीमाबाट साढे ३ करोड प्रिमियम संकलन



काठमाडौं । कोरोना भइरस बीमाबाट बीमा कम्पनीहरुले ३ करोड ५४ लाख ३० हजार ६२० रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

बीमा समितिका अनुसार ४ हजार ९२६ वटा पोलिसी बिक्री गर्दा ३ करोड ५४ लाख ३० हजार ६२० रुपैयाँ प्रिमियम संकलन भएको हो ।

बीमा समितिका अनुसार यो अवधिमा ६४ हजार ८९ जनाले बीमा गरेका छन् । २० वटा निर्जीवन बीमा कम्पनीले उक्त पोलिसी बिक्री गरेका हुन् ।

अहिले कोरोना भाइरस बीमा अस्पताल तथा कपोरेट हाउस मात्रै नभएर सर्वसाधारणले पनि गर्न लाथेका छन् । बीमा समितिले नै ८० जना कर्मचारीको बीमा गराइसकेको छ । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको छ ।


क्लिकमान्डु