रौतहट र बारामा गरी थप ९ जनामा कोरोना पुष्टि, कुल संख्या ३०४ पुग्यो



काठमाडौं । रौतहटमा सोमबार थप ९ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ मा ७ जनामा कोरोना देखिएको हो । उनीहरुको उमेर २१, २१, २३, २५, २५ २९ र ३० रहेको छ । त्यसैगरी रौतहटकै माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षे महिलामा पनि कोरोना देखिएको छ ।

त्यसैगरी बारा जिल्ला करैयामाई ५ निवासी ३८ वर्षे पुरुषमा पनि कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । हालसम्म उपचारपछि ३६ जना निको भएका छन् भने २ जनाले ज्यान गुमाइसकेका छन् ।


क्लिकमान्डु