शिखर इन्स्योरेन्सद्धारा उपत्यकामा खटिने ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं । शिखर इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको छ ।

सवारीसाधनको प्रयोगको नियन्त्रण तथा सुचारु रुपमा सवारी साधनहरुको व्यवस्थापन गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भुमिका रहने र ट्राफिक प्रहरी कोरोना भाइरस सक्रमणको जोखिममा समेत पर्न सक्ने कारण काठमाडौं उपत्यकामा खटिने करिब १५ सय ट्राफिक प्रहरीको व्यक्तिगत स्वास्थ्य सुरक्षाको लागि शिखर इन्स्योरेन्सले सहयोग गरेको हो । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम प्रसाद ढकाललाई सो सामाग्री हस्तान्तरण गरे ।

शिखरले महाशाखालाईलाई १५ सय थान फेस शिल्ड, १५ सय थान सेफ्टी गगल्स, १,५ सय थान केएन९५ मास्क, ५ हजार थान सर्जिकल मास्क र १५० लिटर (३०० बोटल) सेनिटाइजर सहयोग गरेको छ ।

विश्वव्यपी रुपमा फैलिरहेको कोरोना भाइरसको सक्रमण नियन्त्रण कार्यमा ट्राफिक प्रहरीको महत्वपुर्ण भुमिका रहने हुँदा उहाँहरुको व्यक्तिगत सुरक्षाको लागि तथा उनीहरुलाई हौसला प्रदान गर्न यी स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताए ।

शिखर इन्स्योरेन्सबाट प्रदान गरिएको स्वास्थ्य सुरक्षा सामाग्रीहरु महानगरीय ट्रफिक प्रहरी महाशाखाको मातहतमा रहेका करिब १,५०० ट्राफिक प्रहरीहरुलाई आवश्यक रहेको र यसले निजहरुकोसुरक्षा र मनोबलमामा महत्वपूर्ण योगदान पुग्न सक्ने एसएसपी भिम प्रसाद ढकालले बताए ।

शिखरले सहयोग गरेको स्वास्थ्य सामाग्रीको लागत करिब १५ लाख जति पर्छ ।


क्लिकमान्डु