चीनसँगका सबै सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी



काठमाडौं । कोरोना भाइरसका कारण अमेरिका र चीनको सम्बन्ध थप चिसो हुँदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।

ट्रम्पले एक अन्तर्वार्तामार्फत यस्तो चेतावनी दिएका हुन् । कोरोना महामारीमा चीनले चालेको कदमको खरो आलोचना गर्दै ट्रम्पले २ देशबीचको व्यापार सम्झौता भंग गर्ने बताएका हुन् ।

ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको ५ खर्ब डलर बच्ने बताए । चीनसँग अमेरिकाको वार्षिक खर्बौं डलरको व्यापार घाटा हुने गरेको छ ।

चीनले कोरोना भाइरसको महामारीको शुरुवाती जानकारी लुकाएको अमेरिकाको आरोप छ । अमेरिका चीनबीचको सम्बन्ध बिग्रँदै जानूलाई अन्तराष्टिय राजनीतिमा अर्थपूर्ण तरिकाले हेरिएको छ ।


पुष्प दुलाल